Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


2.1K
Shares

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, २७ फागुन। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ ।

समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

आजै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology