Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गण्डकी प्रदेशमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना


2.2K
Shares

गण्डकी प्रदेशमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं, २७ फागुन । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

यसैगरी आज (शनिबार) राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology