Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखाका चार विद्यार्थी संगठनद्धारा आसन्न स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमती


1.5K
Shares

गोरखाका चार विद्यार्थी संगठनद्धारा आसन्न स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमती

गोरखा, २७ फागुन । गोरखाका चार विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तालमेल गरेर जाने सहमती गरेको छ।

शुक्रवार गोरखा सदरमुकाममा भएको नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल समाजवादी विद्यार्थी सहित राजनीतिक पार्टीका जिल्ला नेतृत्वको उपस्थितीमा भएको छलफलले चैत ५ मा हुने स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमती गरेको हो ।

गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने गरी सहमती भएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिनुभयो हो ।

गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले सभापति, कोषाध्यक्ष र तीन जना सदस्य लिने, अनेरास्ववियुले उप सभापति र तीन सदस्य लिने, संघले सचिव, सह सचिव र तीन जना सदस्य लिने तथा समाजवादी विद्यार्थी युनियनले २ सदस्य लिनेगरी सहमती भएको उहाँले बताउनु भयो ।

अध्यक्ष पाण्डेका अनुसार द्रब्यशाह बहमुखी क्याम्पसमा नेविसंघले सभापति, कोषाध्यक्ष सहित तीन सदस्य लिनेछ । अखिल क्रान्तिकारीले उप सभापति, सचिव सहित तीन सदस्य लिनेछ भने अनेरास्ववियुले सह सचिव र एक सदस्य लिने सहमती भएको छ । नेपाल समाजवादी विद्यार्थी युनियनले तीन सदस्य लिनेछ । बैठकले प्रत्यक्ष र समानुपातीक उम्मेदवार चयन गर्दा संयुक्त रुपमा बैठक बसी चयन गर्ने निर्णय गरेको छ।

बैठकमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिष्णु पाण्डे, नेविसंघका जिल्ला उपाध्यक्ष शिवहरी तिमल्सिना, अनेरास्ववियु जिल्लाअध्यक्ष प्रताप ढकाल, नेपाल समाजवादी विद्यार्थी युनियनका जिल्ला इन्चार्ज सुजन गर्तौलाको उपस्थिती रहेको थियो ।

यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, नेपाल समाजवादी पार्टीका प्रदेश सदस्य ज्योती कोईराला लगायतका बिभिन्न पार्टीका जिल्ला नेता, विद्यार्थी संगठनका प्रमुख एवं पदाधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology