गोरखा, २६ फागुन । गोरखा वजार र आसपासको क्षेत्रमा फागुन २७ गते शनिवार दिनभर बिजुली जाने भएको छ । विद्युत प्रशारण लाइन आसपासको रुखका हाँगा काट्नका लागि बिहान ९ः३० वजेदेखि साँझ ५ वजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।
गोरखा सब स्टेशनबाट सप्लाई भएको ११ के.भि. महेन्द्र ज्योती फिडरमा विद्युत लाइन मुनि तथा लाइन आसपामा परेका रुख तथा रुखका हाँगा विगाँ काटुनपर्ने भएकाले गोरखा नगरपालिकाको वडा नम्बर १,२,३,३,४,५,६ र भिमसेन थापा गाउँपालिकामा भोली विद्युत आपुर्ति बन्द रहने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
गोरखा वितरण केन्द्रबाट वितरण गरिएको महेन्द्र ज्योती फिडरमा विद्युत आपूर्ति वन्द हुने नेपाल विद्युत केन्द्रले जनाएको छ । साथै सो स्थानमा पर्ने सामुदायिक बन उपभोक्ता, निजि उपभोक्ताहरुले बाँस तथा घाँसका रुखहरु आफै काट्नु परेमा उल्लेखित समय अवधी भित्र यस कार्यालय सँग समन्वय गरि काट्नु हुन समेत सबैलाई बिद्युत प्रबिधिकरणले सुसुचित गरेको छ ।
काम छिटो सम्पन्न भए तोकिएको समय भन्दा अघि नै बिजुली आउन सक्ने पनि जानकारी दिएको छ ।