Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ


1.2K
Shares

महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौं, २६ फागुन । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) एक लाख घुससहित पक्राउ परेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख घुससहित पक्राउ गरेको सहायक जानकारी दिएको छ ।

उनले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

उक्त उजुरीपछि खटिएको टोलीले बिहीबार उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

उनीबाट घुस रकम पनि बरामद भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology