काठमाडौं, २५ फागुन। राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उहाँ सिँढीमा लडेर घाइते हुनु भएका हुन् ।
सांसद न्यौपानेको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।