काठमाडौं, २५ फागुन । धनगढीमा किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१० जुगेडाकी १३ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही ठाउँमा दुई किशोर पक्राउ परेको प्रहरीले जनाएको छ।
१६ र १७ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरूमाथि फागुन १७ गते किशोरीमाथि करणी गरेको आरोप छ।
ढिलो गरेर उजुरी परेपछि उनीहरूलाई मंगलबारमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।