Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

साफ यू १७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा


2K
Shares

साफ यू १७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं, २४ फागुन । चैत ६ गतेबाट बंगलादेशमा आयोजना हुने साफ यू १७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेकी हुन् ।अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रूसको टोली समेत सहभागी हुँदैछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल चैत ६ गते भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग चैत ८ गते, तेस्रो खेल रूससँग चैत १२ गते र अन्तिम खेलमा बंगलादेशसँग चैत १४ गते खेल्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा खेलाइने खेलमा लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ।
च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology