गोरखा,२२ फागुन । भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले पालिका भित्रका मुख्य तीन सडक खण्ड निर्माणलाई गाउँपालिकाले बिकासको लाइफ लाइनको रुपमा लिएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएका उहाँले आज भिमसेन थापा गाउँपालिका ६ अश्राङमा आयोजित जनतासग पार्टी अभियान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै यस्तो बताउनु भएको हो ।
गाउँपालिकालाई आर्थिक समृद्धि दिशामा लैजान आफू प्रतिबद्ध भएर लागि परेको भन्दै उहाँ पालिका सरकारको पहिलो प्राथमिकता मुख्य ३ सडक खण्ड बार्है महिना चल्न सक्ने बनाउनु भएको बताउनुभयो ।
झिंगटे(अश्राङ( बोर्लाङ घाटबेसी, कोया भन्ज्याङ देखि धावा तथा ज्यादुल खोला सिमलटार पिपलटार स्थुलखोला सडक खण्ड बार्है महिना यातायात चल्न सक्ने गरि निर्माण गर्न पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष बन्जराले पालिका भित्रका युवाहरूका लागि गाउँमै रोजगारीको अबस्था सिर्जना गर्न रोजगारमुलक पेशा ब्यवसायमा जोड दिएको बताउनुभयो ।
उहाँले गाउँपालिकाले चालू आर्थिक बर्षमा सीप बिकासमा जोड दिएको समेत बताउनुभयो ।
पालिकाले युवाहरुलाई स्वरोजगार बनाउन पम्बिङ, वाइरिङ, वोल्डिङ, डकर्मी लगायतका रोजगार मुलक तालिम प्रदान गरिरहेको छ, उहाँले भन्नुभयो, युवहरुलाइ सरकारी सेवामा पुर्याउनका लागि समेत गाउँपालिका नै लोक सेवा आयोगको निशुल्क तयारी कक्षा समेत सन्चालन गरिरहेको छ ।
अध्यक्ष बन्जराले पालिका भित्र एक गाउँ एक उत्पादन, होमस्टे सन्चालन, स्थानीय घरेलु उत्पादन मार्फत उधोग सन्चालन गर्न सके रोजगारीको प्रसस्त अवसर सृजना गर्न सकिने बताउनुभयो ।