Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिरानचोक गाउँपालिका भित्रका जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारलाई अभिनन्दन


2K
Shares

सिरानचोक गाउँपालिका भित्रका जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारलाई अभिनन्दन

गोरखा, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रले जनयुद्धका क्रममा शहादत प्राप्त गरेको शहीद तथा बेपत्ता योद्धाका परिवारहरुलाई आज अभिनन्दन गरेको छ । गाउँपालिका पार्टी समितिले शहीद सप्ताहको अबसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी पालिका भित्र जनयुद्धमा शहादत प्राप्त गरेका तथा बेपत्ता भएका ३५ जनाको परिवारलाई अभिनन्दन गरेको गाउँपालिका पार्टी समितिले जनाएको छ । अभिन्दन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमुले शहिदको बलिदानीलाई खेर जान नदिने बताउनुभयो ।

अहिलेसम्मको भएका उपलव्धीसबै माओवादीको तागतमा भएकोले यसको रक्षाको लागि अहिले लडाई चलिरहेको पनि प्रगिमनकारी र यथास्थितीवादीहरु संग लडाई चलिरहेको बताउनुभयो । अहिले देशमा गणतन्त्रवादी र राजावादीको दुई धार भएकोले पनि प्राप्त उपलब्धीको रक्षाका लागि पछिल्लो समिकरण बनेको उल्लेख गर्नुभयो । नेकपा एमालेको सहकार्य राजावादी राप्रपा र नयाँ दल भनिएका सङ्घियता बिरोधी स्वतन्त्र पार्टीसंग रहेकाले काग्रेस लगायतका गणतन्त्रबादी शक्तिहरुसंग माओवादी सहकार्य गर्न पुगेको बताउनुभयो ।

कार्यक्रममा शहीद तथा बेपत्ता परिवारले पार्टीले शहीद तथा बेपत्ता परिवारलाई वेवास्ता गरेको टिप्पणी गर्दै पार्टीले त्यस्ता परिवारलाई बिशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । शहीद मिना र महेन्द्र मरहट्टका बुवा नरनाथ मरहट्टाले समयमा समयमा सहिद परिबारसंग भेटघाट गरी परिवारको अबस्था बारे पार्टीले जानकारी लिनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका गोरखा जिल्ला संयोजक बिष्णु भट्टले अहिले पार्टीले सहिद परिवारलाई कुनै पनि कार्यक्रममा र बिरामी हुदा औषधी उपचारका लागि अस्पतालसम्म जान आउन एम्बुलेन्स भाडासम्म व्यवस्था गर्ने रणनिति लिएको बताउनु भयो ।

माओवादी पार्टीको नेतृत्वमा प्रदेशका सरकारले द्धन्द पिडित तथा सहिद परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागू गरेकाले सबै परिवालाई निशुल्क स्वास्थ बिमा गर्न अनुरोध पनि गर्नुभयो । अभिनन्दन कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा जनता सङग पार्टी अभियान सिरानचोक गाउँपालिकाका संयोजक भगवती तिवारी, प्रदेश कमिटि सदस्य शारदा घिमिरे जेष्ठ कम्युनिस्ट मन्चका गन्डकी प्रदेश अध्यक्ष नरनाथ मरहट्टा लगाउतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सिरानचोक गाउँपलिका पार्टी समितिका उपाध्यक्ष शित्तल चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology