Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

यात्रुसँग बढी भाडा असुलेको आरोपमा ५ पक्राउ


994
Shares

यात्रुसँग बढी भाडा असुलेको आरोपमा ५ पक्राउ

काठमाडौं, २० फागुन । काठमाडौंमा यात्रुसँग बढी भाडा असुलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच जनालाई शनिबार बिहान बल्खुबाट पक्राउ गरेको हो ।

काभ्रे घर भई सुविधा काउन्टरमा काम गर्ने २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने २६ वर्षीय सुजन हुमागाईं, चन्द्रागिरि बस्ने ३६ वर्षीय सुनिल नगरकोटी,गढीमाई सुमो सेवाका सुमो चालक २४ वर्षीय ओजिर अन्सारी र लालिगुँरास काउन्टरका चालक २४ वर्षीय कृष्णबहादुर योञ्जन पक्राउ परेका छन्।

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहान बल्खु क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology