Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अष्ट्रेलियामा लागुपदार्थ सहित दुई नेपाली युवा पक्राउ


1.5K
Shares

अष्ट्रेलियामा लागुपदार्थ सहित दुई नेपाली युवा पक्राउ

काठमाडौं, २० फागुन । अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

उनीहरूलाई प्रहरीले ब्रिजबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो।

संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरूले सिड्नीबाट उक्त लागुऔषध ‘हेयर डायर’ को ट्युबमा राखेर ब्रिजबेन पुर्‍याएका थिए।

पक्राउ पर्नेहरू २१ वर्ष उमेरका छन्। उनीहरूलाई प्रहरीले पाईन रिभर्स मजिस्ट्रेट कोर्टमा उपस्थित गराएको थियो।

उनीहरूलाई अवैध लागुऔषध ओसापसारको अभियोगमा मुद्दा दायर गरेको छ। अष्ट्रेलियाको अपराध संहिता अनुसार यस खालको मुद्दामा २५ वर्ष सम्मको जेल सजाय हुनसक्छ।

उनीहरुलाई थप अनुसन्धानका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउन अदालतले अनुमति दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology