Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तेलको पाइपलाइन विष्फोट हुँदा १२ जनाको मृत्यु


2K
Shares

तेलको पाइपलाइन विष्फोट हुँदा १२ जनाको मृत्यु

काठमाडौंं,२० फागुन । नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

अहिलेसम्म सो घटनामा कम्तीमा १२ जना जलेर मृत्यु भएको विश्वास गरिएको छ । यद्यपि पीडितहरूको परिचय भने खुल्न सकेको छैन ।
यसैबीच स्थानीयवासीले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँचवटा सवारीसाधन र चार वटा ट्राइसाइकल विस्फोट भएको ठाउँमा जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताउनुभयो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटना शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र सो दुर्घटना भएको थियो । नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटनाहरू हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology