Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पीएनजी विरुद्ध नेपालले पायो १८० रनको लक्ष्य


1K
Shares

पीएनजी विरुद्ध नेपालले पायो १८० रनको लक्ष्य

काठमाडौं, १९ फागुन । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीबाट जितका लागि १८० रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९।२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०।३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । तर सन्दीप लामिछानेले डोरिगालाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेर नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि पीएनजीले ठूलो साझेदारी गर्न सकेन भने नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो । टोनी उरालाई २२औं ओभरमा सोमपाल कामीले आफ्नै बलमा उत्कृष्ट क्याच लिँदै आउट गरे । लगत्तै अर्को ओभरमा कुल मल्ले कप्तान असद भालालई एलबीडब्लु धरापमा पारे । बाउ र भालाले समान ११ रन जोडे । ९१(४ को अवस्थामा रहेको पीएनजीको इनिङ्स हिरि हिरी र गौडी टोकाले सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले पाँचौ विकेटका लागि १३ ओभर खेल्दै ३२ रनको साझेदारी गरे । गौडी टोकालाई दीपेन्द्रले बोल्ड गर्दै नेपाललाई पाँचौ सफलता दिलाए । टोकाले १५ रन जोडे । ४२औं ओभरमा करण र दीपेन्द्रले चाड सोपरलाई रनआउट गरे । दीपेन्द्रले ४४ औं ओभरमा हिरी हिरीलाई आउट गरे ।

सोमपाल कामीले रिले हेकुरेलाई ४७औं ओभरमा बोल्ड गरे । करणले ४९औ ओभरमा नोर्मन भानुअलाई १४ रनमा बोल्ड गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २(२ विकेट लिए । १० ओभर बलिङ गर्दा दीपेन्द्रले १ मेडन राख्दै ३० र र सोमपालले ३९ रन खर्चिए । सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।

किफायती बलिङ गरेका करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । समान एक ओभर बलिङ गरेका कप्तान रोहित पौडेल र आरिफ शेखले क्रमश ः १ र ६ रन खर्चिए । रोहित र आरिफले मात्र नेपाली इनिङ्समा विकेट लिएनन् । पीएनजीका तीन खेलाडी रनआउट भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology