Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते


2.2K
Shares

गोरखामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

गोरखा, १८ फागुन । गोरखामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते भएको छ । पालुङ्टार नगरपालिका वडा नं.८ दुभारका रामकुमार कुमाललाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो ।

चितुवाको आक्रमणबाट टाउको, छाती र पाखुरामा गहिरो चोट लागेका ६२ बर्षका कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

जंगलमा गाईबस्तु चराउन जानु भएका कुमालले एक महिलालाई लखेट्दै गरेको देखेर चितुवालाई ढुंगाले हानेपछि महिलालाई छाडेर उनलाई झम्टिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology