कञ्चनपुर, १८ फागुन । पोखरीमा डुवेर डेढ बर्षिय बालकको मृत्यु भएको छ । इँटाभट्टाको लागी बनाएको पोखरीमा ढुबेर डेढ बर्षिय बालकको मृत्यु भएको हो । कैलारी गाउँपालिका–३ को भर्री घर भई पुनर्वास नगरपालिका–२ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीको डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको कञ्चनपुर प्रहरी पुष्टी गरेको हो ।
खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका बालकको स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरी घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।