Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

१८ महिने छोरीको हत्या आरोपमा आफ्नै बाबु पक्राउ


924
Shares

१८ महिने छोरीको हत्या आरोपमा आफ्नै बाबु पक्राउ

बागलुङ, १८ फागुन ।  बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका(४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ढुंगा प्रहार गरी हत्या गरी उनी फरार थिए। स्थानीयले घर रगताम्य देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी थापाले बताउनुभयो । उहाँका अनुसार सायरले घरमा आफ्नी श्रीमतीमाथि पनि कुटपिट गर्थे ।

घरेलु हिंसाकै कारण श्रीमती एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन् । छोरी भने बुवा सँग थिइन्। त्यसैबीच उनको हत्या भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology