Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको भाउ तोलामा ५ सयले बढ्यो


910
Shares

सुनको भाउ तोलामा ५ सयले बढ्यो

काठमाडौँ, १७ फागुन । नेपाली बजारमा १० दिनपछि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन ७ गतेयता सुनको मूल्य बढेको जानकारी दिएको हो । ७ गतेयता बजारमा सुनको मूल्य निरन्तर घटिरहेको थियो ।

उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँ थियो । जबकि, हिजो मंगलबारसम्मको अवधिमा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।

आज बुधबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आज १० दिनपछि बल्ल सुनको मूल्य बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology