Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रशासन अघि लघु बित्तिय संस्था बिरुद्व संघर्ष समितिको धर्ना


1.6K
Shares

गोरखा प्रशासन अघि लघु बित्तिय संस्था बिरुद्व संघर्ष समितिको धर्ना

गोरखा, १६ फागुन । गोरखा जिल्ला प्रशासन कार्यालय अघि लघु बित्तिय संस्था बिरुद्व संघर्ष समिति धर्नामा बसेका छन् । लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै त्यस्ता संस्थाहरु खारेजीको माग गर्दै संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

लिएको ऋण भन्दा ब्याज धेरै तिर्दापनि तिर्न बाँकी रहेको भन्ने गरेकाले ऋण मिनाह गरेर लघुवित्त खारेज गर्न माग गरिएको लघुवित्त बित्तिय संस्था बिरुद्धको संघर्ष समिति गोरखाकी अध्यक्ष शुसिला गुरुङले बताउनुभयो । ‘ऋण मिनाह गरेर लघुवित्त खारेज भएन भने हामी थप संघर्ष गर्छौँ ।’ उहाँ भन्न्हुन्छ, ‘पैसा तिर्ने कुनै उपाए छैन ।’

धर्नालाई सम्बोधन गर्दै चितवनकी धनकुमारी बि.कले लघुवित्तले गर्दा समाजिक तथा मानसिक तनाब सँगै आफ्न्ता, नाता गोता पनि लुटिएको बताउनुभयो । ‘हामीले ऋण लिएको हो, तिर्न सकेका छैनौँ, तिर्न सक्ने अवस्थापनि छैन, हामी यो देशको नागरिक हैन, हामीलाई बाँच्ने अधिकारी छैन, हाम्रो सामाजिक बेइज्जत भएको छ, मानिसक तनाब भएको छ, यो अवस्था रहने हो भने लघुवित्त सँग कुनैदिन झडपको अवस्था सिर्जना हुन सक्छ ।’ उहाँले भन्नुभयो ।

एक दिन किस्ता तिर्न ढिला हुदाँ घर घेर्ना आई आफुलाई लजित बनाएको कारण लघुवित्त बिरुद्ध संर्घषमा उत्रिएको धर्नामा सहभागि पालुङटार नगरपालिका ७ च्याङ्लीकी कुमारी कुमालले बताउनु भयो । ‘मैले एक दिन किस्ता तिर्न ढिलो हुँदा घर घेर्न आएर जवरजस्ती तिर्नुपर्छ भने मैले सकिन’ उहाँले भन्नुभयो ‘एक/दुई दिनको समय दिएको भए आज म यहाँ आउदैन थिए होला । उक्त रकम उहाँले घर बनाउनको लागी झिकेको बताउनुभयो । तर, पछि एकतिर ऋण लिने अर्कोतिर तिर्ने गर्दा गर्दै ऋण बढेर यो अवस्थामा आईपुगेको उहाँ बताउनु हुन्छ ।

समाजवादी अर्थतन्त्रको बिकास गर, नव समान्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर आदि लेखिएका पेले कार्डसहित बिभिन्न ठाउँबाट लघुवित्तका कारण पिडित भएका महिलाहरु धर्नामा सहभागि रहेका थिए । लघुवित्त र ऋण खारेजी नहुँदा सम्म आन्दोलनका कार्यक्रम चलिरहने संघर्ष समिति गोरखाकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology