Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आजदेखी जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु


1.6K
Shares

गोरखामा आजदेखी जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

गोरखा, १६ फागुन। गोरखामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आज (मंगलवार)देखी शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा प्रतियोगीता शुरु भएको हो ।

प्रतियोगीताको एक कार्यक्रमका बिच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नु भएकाका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदैं पालिका तहबाट अन्तराष्ट्रिय स्तरमा पदक जित्ने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताउनसभयो । उहाँले खेलकुदले अब व्यवसायीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतियोगीतामा चुमनुव्री वाहेक जिल्लाका अन्य १० वटै स्थानीय तहका विद्यार्थीहरुको सहभागीता रहेको छ । यसअघि पालिका स्तरमा छनोट भएका बिजेता खेलाडीहरु प्रतियोगीतामा सहभागी भएको खेलकुद बिकास समिति गोरखाका अध्यक्ष शान्त सिं बस्न्यातले जानकारी दिनुभयो ।

खेल शुरु हुनुअघि भएको मार्चपासमा बारपाक सुलिकोट गाउँपालिका पहिलो भएको छ । बिहीवारसम्म चल्ने प्रतियोगीतामा भलिवल, कवड्डी, एथलेटिक्स लगायतका विधामा खेल हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल, जिल्ला समन्वय प्रमुख मोहन थापा मगर, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, भिमसेन थापा गाँउपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जारा, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology