Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तमाखु सल्काएर खानेक्रममा घरमा आगलागी भएर घर्तीको ज्यान गयो


2.5K
Shares

तमाखु सल्काएर खानेक्रममा घरमा आगलागी भएर घर्तीको ज्यान गयो

रोल्पा १६ फागुन । तमाखु सल्काएर खाने क्रममा आगलागी हुदाँ एक व्यक्तिको ज्यान गएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको आगलागीबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारुले जानकारी दिनुभयो ।

स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो। उक्त घरमा पराललगायत दाउरा थियो।

त्यसमा आगलागी भएको हो। घर आगलागी भएको र घर्ती मृत अवस्थामा फेला परेपछि सोमबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology