Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

वृद्धभत्ता लुट्न कुटपिट गर्दा बृद्धको मृत्यु


1.9K
Shares

वृद्धभत्ता लुट्न कुटपिट गर्दा बृद्धको मृत्यु

धादिङ, १६ फागुन । वृद्धभत्ता लुट्न कुटपिट गर्दा एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–७ मा रहेको निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका धुनीबेसी नगरपालिका वडा नम्बर–६ का ८४ वर्षीय बलराम उप्रेतीको कुटपिटका मृत्यु भएको हो ।

अघिल्लो दिन वृद्धभत्ता बुझेका उप्रेतीलाई माघ १० गतेराति धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषोत्तम बानियाँले कुटपिट गरी भत्ता रकम लुटेर लगेका थिए । छिमेकी र प्रहरीको सहयोगमा उप्रेतीको उद्धार गरी नेपाल भारतमैत्री अस्पताल काठमाण्डौमा उपचारका लागि भर्ना गरिएको थियो ।

उहाँको उपचारकै क्रममा आइतवार मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घटनामा संलग्लनाई पक्राउ गरी आबश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology