काठमाडौं, १५ फागुन । बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्।
उहाँलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो। शाह आज जिल्ला कारागार तनहुँबाट रिहा हुनु भएका हुन्।
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो।