Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मरहठ्ठामाथि कुटपिटमा संलग्न श्रेष्ठको आत्माआलोचनापछि मिल्यो बिबाद


1.6K
Shares

मरहठ्ठामाथि कुटपिटमा संलग्न श्रेष्ठको आत्माआलोचनापछि मिल्यो बिबाद

गोरखा, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पालुङ्‌टार नगर समितिका सचिवालय सदस्य दुर्गालाल श्रेष्ठबाट नगरसमिति सदस्य समेत रहनु भएका पालुङ्‌टार नगरपालिकाका नगरप्रमुख बिबस चिन्तनका स्वकिय सचिव असोक मरहठ्ठा माथि हातपात भएको घटनामा पिडक पक्षले आत्माआलोचना गरेपछि बिबाद समाधान भएको छ ।

पार्टीका जिल्ला संयोजक बिष्णुप्रसाद भट्टको नेतृत्वमा बुधबार कुटपिटमा संलग्न श्रेष्ठ सहित दुवै पक्षलाई जिल्ला पार्टी कार्यालयमा राखेर छलफल गरेपछि बिबाद समाधान भएको हो । छलफलमा क्रममा कुटपिटमा संलग्न श्रेष्ठले आफ्नै सहयोद्धा माथि आफुले गरेको कार्य कमजोरी भएको, त्यसप्रकारको अनुशासन विपरितको काम आफूबाट हुनु गम्भिर कमजोरी भएको भन्दै आत्मालोचना गर्नुभएपछि बिबाद टुड्एिको हो ।

श्रेष्ठले आफ्नो कमजोरी स्विकार गर्दै पार्टीले गर्ने सवै प्रकारको कारवाहीको भागिदार हुन तयार रहेको उल्लेख गरेपछि मरहठ्ठा प्रहरीमा दिएको जाहेरी फिर्ता लिने सहमत हुनुभएको थियो । श्रेष्ठले आगामी दिनमा त्यस्ता कार्य नदोर्याउने प्रतिबबद्धता गरेपछि पार्टीले श्रेष्ठलाई एक महिनाका लागि सवै प्रकारको जिम्मेवारी हटाउन सिफारिस गर्ने सहमति समेत भएको छ ।

त्यस्तै आगामी दिनमा उक्त घटनालाई लिएर कुनै प्रकारको दुस्मनी पूर्ण व्यवहार नगर्ने सहमति पनि दुवै पक्ष बिच भएको छ । गएको माघ १० गतेका दिन सचिवालय सदस्य श्रेष्ठले पार्टी सदस्य मरहठठ्लाई नगरपालिकाको कार्यालयमा हातपात गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology