झापा, १२ फागुन । किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका ८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको हो ।
अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।