Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भूकम्प गएको करिब आठ वर्ष पछि यस्तो बन्यो मण्डली आधारभुत विद्यालयको भवन


2K
Shares

भूकम्प गएको करिब आठ वर्ष पछि यस्तो बन्यो मण्डली आधारभुत विद्यालयको भवन

गोरखा, १२ फागुन । भूकम्प गएको झण्डै आठ वर्ष बित्न लाग्दा बल्ल बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभुत विद्यालयको भवन निमार्ण सम्पन्न भएको छ । २०७२ साल मा गएको भुकम्पले क्षती पुर्याएको उक्त भवन भर्खरै निमार्ण सम्पन्न भएको हो ।

No description available.

सरकाले भूकम्पले ध्वस्त पारेका भवनहरु पुननिर्माणमा प्राथमिकता दिएको थियो । तर, पुननिर्माणका लागि जग्गा अभाव हुँदा भवन निर्माण हुन नसकेको विद्यालयका प्रधानाध्यापक तोयनाथ धितालले जानकारी दिनुभयो । उहाँका अनुसार भबन निमार्ण हुनु अघि जस्ताको छाना लगाएको अस्थायी टहरामा पठन पाठन गर्दै आएको थियो । सुविधा सम्पन्न भवन निर्माण भएसँगै अब पठन पाठनमा धेरै सहज हुने प्रधानाध्यापक धितालको भनाई छ । No description available.

चार करोड ३७ लाख लागतमा एक रोपनी ११ आनामा नौ वटा कोठा भएको तीन तल्ले सुविधा सम्पन्न भवन अहिले निर्माण भएको छ । भवनको बिहिवार एक कार्यक्रमका बिच नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता तथा सांसद सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नु भएका हुन् । २०७८ चैत्र २८ गते शिलान्याश गरी काम सुरु भएको भवन हिजो नै विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म ६४ जना बालबालिका अध्ययनरत छन् ।

No description available.

जापानी जनताको आर्थिक सहयोग, एकिकरण नेपाल गोरखाको प्राविधक सहयोगमा शिक्षा विकास तथा समन्वय इकाई गोरखाको तथा बारपाक सुलिकोट गाउँपालिका र समुदायसँगको सहकार्यमा विद्यालय भवन चिटिक्क बनेको छ । चिटिक्क बनेको भवनसँगै विद्यालय वरपर घेराबार, मैदान सम्याउने, खानेपानी, शौचालय, लाइब्रेरी र कक्षाकोठामा फनिर्चरको व्यवस्थापन पनि गरिएको विधालय प्रशासनले जनाएको छ ।

No description available. एकिकरण नेपाल गोरखाको सार्वजनिक विद्यालयहरुको सिकाई वातावरण सुधार परियोजना अन्तरगत भवन निर्माण भएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताउनुभयो ।No description available.

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोन कुमार बरामको अध्यक्षता तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सांसद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगर, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्य, कार्यकारी निर्देशक देवकोटा, वडा अध्यक्ष कृष्ण गुरुङ लगायतले धारणा राखेका थिए ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology