काठमाडौं, १२ फागुन । टयाक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाउँपालिका–६ का राजेन्द्र पाशी रहेका छन् ।
उनको उपचारको क्रममा भिम अस्पताल भैरहवामा बिहीबार राति सवा १० बजे मृत्यु भएको हो । लु ८६ प ४०५ नम्बरको मोटरसाईकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो ।
फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।