Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मालीमा बिस्फोट हुँदा तीन शान्ति सैनिकको मृत्यु


1.1K
Shares

मालीमा बिस्फोट हुँदा तीन शान्ति सैनिकको मृत्यु

काठमाडौं, १० फागुन । अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन मिनुस्मामा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ । मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।

मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो। नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology