Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जुवातासको खालबाट गोरखाका एक युवक सहित ८ जना पक्राउ


2.1K
Shares

जुवातासको खालबाट गोरखाका एक युवक सहित ८ जना पक्राउ

गोरखा, ९ फागुन । गोरखा घर भएका १ जना युवकलाई जुवातास खेलेको आरोपमा राजधानीको गैरी गाउँबाट प्रहरीले पक्राउ गरेको छ । उनी संगै प्रहरीले अन्य ७ जनालाई पनि नियनत्रणमा लिएको जनाएको छ ।

राजधानीको नागार्जुन नगरपालिका–२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६०० रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको बृत्तले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology