गोरखा, १० फागुन । नेपाल लघुवित्त बैंक संघको आयोजनामा आज गोरखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा जिल्ला भित्र कार्य क्षेत्र रहेर काम गर्दै आएका बिभिन्न १३ वटा बित्तिय संस्थाहरुको संयुक्त आयोजना तथा साधना लद्युबित्त बित्तिय संस्थाको समन्वयमा साक्षरता कार्यक्रम गरिएको संघले जनाएको छ ।
साक्षरता कार्यक्रममा बिभिन्न बित्तिय संस्थाका करिब ४ सयभन्दा बढी सदस्य तथा ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकको पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बैकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याको बाबजुद पनि लघुवित्तले ब्याजदर बृद्धी नगरी सेवा प्रदान गरेको भन्दै प्रसंसा गर्नुभएको छ । उहाँले लद्युबित्तका ग्राहक सदस्यहरुलाई कर्जाको सदुपयोग अनुरोध गर्दै कर्जा दुरुपयोग गर्दा पर्न सक्ने कठिनाई तथा कानुनी झमेलाको बारेमा सहभागीहरुलाई सचेत गराउनु भएको हो । पूर्व गर्भनर क्षेत्रीले कुनै व्यक्ती वा समुहले भन्दैमा कर्जा मिनाहा नहुने स्पस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको पोखरा प्रदेश कार्यालयका उप–निर्देशक नबिना ढकालले लघुवित्तले ग्रामिण अर्थतन्त्र उकास्नको महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेशसागर भुसालले कर्जाको किस्ता नतिर्ने भनि लघुवित्त बिरुद्धको संघर्ष समितिको पछाडी नलाग्न सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले आफनो कारोबार नबिगारीकन अनुसाशित सदस्यको रुपमा आफुलाई परिचित सदस्यहरु लाग्नुपर्ने भन्दै लघुवित्तले निति विपरीत कार्य गरे कानुनी उपचार खोज्न सुझाव समेत दिनु भयो ।
उहाँले लघुवित्त विरुद्ध संघर्ष समितिले लघुवित्तमा कार्यरत कर्मचारी माथि गैरकानुनी क्रियाकलाप गरे आवश्यक कानुनी कारवाही गर्ने बताउनुभयो । साक्षरता कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघको सचिव तथा सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत केशब पौडेलले समग्र लघुवित्त क्षेत्रको उपलब्धी र पछिल्लो समय लघुवित्त विरुद्धको संघर्ष समितिको नकरात्मक प्रभावको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
सारक्षता कार्यक्रम अघि बैकसं संघको आयोजनामा हरमटारी रंगशालामा भेलाभई घ्याम्पेशाल बसपार्क, अस्पताल रोड, ठुलो आगन, बसपार्क हुदै होटल मिराकल सम्म प्ले कार्ड सहितको वित्तीय साक्षरता याली निकालिएको थियो । कार्यक्रममा साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने ग्राहक सदस्यलाई उत्पादनमुलक क्षेत्रमा कर्जा तथा सिप प्रदान गर्दै आएको र अब उत्पादनलाई उत्पादनलाई बजारसंग जोडने अबधारणाको विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम साधाना लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । बित्तिय साक्षरता कार्यक्रम ग्रामिण विकास, छिमेकी, डिप्रोक्स, स्वावलम्बन, साधना,जाल्पा, समिट, कालिका,एन।आई।सी। एशिया, ग्लोवल आई।एम।ई।, सबैको, मिरमिरे र एन।एम।वि। लघुवित्त वित्तीय संस्था लिमिटेडको सहभागिता रहेको थियो ।