गोरखा, ९ फागुन । पालुङटार नगरपालिका वडा नम्बर ३ मा एक दिने स्वास्थ्य सेवा सञ्चालन हुन भएको छ । आँपपिपल अस्पतालको आयोजनामा यहि फागुन १३ गते बिहान ७ बजेदेखि ५ बजे सम्म स्वास्थ्य उपचार जाँच सेवा सञ्चालन गर्न लागिएकोे आँपपिपल हर्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्नी कुमार शाहले जानकारी दिनुभयो ।
अस्पतालले उपलब्ध गराउने सेवाहरुमा छारेरोग सम्बन्धि जाँच तथा उपचार,नशा सम्बन्धि जाँच तथा उपचार,मानसिक स्वास्थ्य सम्बन्धि जाँच, सामान्य रोग सम्बन्धि परामर्श जाँच तथा उपचार रहेकोे अस्पतालले जनाएको छ ।
स्वास्थ्य सेवा उपचार वरिष्ट न्युरो सर्जन डा वसन्त राज पन्तको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरीने भएको छ ।