Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

जीप दुर्घटना हँदा तीनजना घाईते


1.4K
Shares

जीप दुर्घटना हँदा तीनजना घाईते

बैतडी,७ फागुन । बैतडीमा जीप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । गोकुलेश्वरबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ९२७ जीप दशरथचन्द राजमार्गको देहीमाण्डौं घुसिल्ला भन्ने स्थानमा दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् ।

जीपमा ९ जना सवार रहेको बुझिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीप सडकबाट ३ मिटर तल खसेको छ । अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology