Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरस्तरीय हस्तलिखित प्रतियोगितामा महालक्ष्मी मा.विकी भूमिका राना पहिलो


2.9K
Shares

गोरखा नगरस्तरीय हस्तलिखित प्रतियोगितामा महालक्ष्मी मा.विकी भूमिका राना पहिलो

गोरखा, ६ फागुन । गोरखा नगर बिद्यालय स्तरीय हस्तलिखित प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी भूमिका राना मगर प्रथम हुनुभएको छ । लियो क्लब अफ गोरखाले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा बालमन्दिर मावि छहरेकी निशा गुरुङ दोस्रो, सरस्वती मावि आहालेका बिशाल नेपाली तेस्रो र बिन्ध्यावासिनी मावि नारेश्वरकी रितिका कोइराला सान्त्वना हुनुभएको हो ।

प्रतियोगिताा क्रमस प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा लायन्स क्लब अफ गोरखाका लक्ष्मण आचार्य,  लायन्स क्लब अफ गाेरखा तारानगरका अध्यक्ष यम बसेल, श्याम बाबु श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम संयाेजक रबि बाेगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology