Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’को बिदा क्यालेन्टरमै उल्लेख गर्ने


812
Shares

पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’को बिदा क्यालेन्टरमै उल्लेख गर्ने

काठमाडौं, ५ फागुन । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

बिहीबारको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताउनुभयो।

यसवर्ष पनि सरकारले पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’मा बिदा दिएको थियो।

सार्वजनिक बिदा धेरै भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन गर्ने बताउनु भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology