गोरखा, ५ फागुन । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । स्थानिका आधारभुत बिद्यालय सातदोबाटेमा यही फागुन ११ गते बिहान १० बजेदेखि ५ बजेसम्म शिबिर सञ्चालन गर्न लागिएकोे पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाको बिभिन्न पाँच वटा शाखाद्धारा फरक फरक शिविर संचालन हुने उहाँले बताउनुभयो । जस अन्र्तगत आर्यवेद स्वास्थ्य शाखाबाट पायल्य, फिस्टुला, फिसर सम्वन्धी बिरामी जाँच, निशुल्क औषधी बितरण जडिवुटी प्रदर्शनी र परामर्श सेवा प्रदान गरिने उहाँको भनाई छ । त्यस्तै नगर स्वास्थ्य शाखाबाट जेष्ठ नागरिक सेवा तथा बिरामीको जाँच, निशुल्क औषधी बितरण, परामर्श सेवा आँखा जाँच तथा औषधी र चस्मा बितरण समेत गरिने कार्यालयले जनाएको छ ।
नगरपालिकाको कृषि तथा पशु शाखाबाट सञ्चालन हुने शिविरमा कृषि जन्य बिउबिजन, पशुजन्य औषधी बितरण, क्यास्टेसन, कुकुर बिरालोलाई रेविज बिरुद्धको भ्याक्सिन तथा परामर्श सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
त्यस्तै सामाजिक बिकास शाखाबाट सञ्चालन हुने शिविरमा जेष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र बितरण र राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण शाखातर्फ बिभिन्न घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।