Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भिमसेनथापा गाँउपालिकाद्धारा ऐतिहासिकता झल्कने गरी लोगो तयार पार्न प्रस्ताव


1.5K
Shares

भिमसेनथापा गाँउपालिकाद्धारा ऐतिहासिकता झल्कने गरी लोगो तयार पार्न प्रस्ताव

गोरखा, ५ फागुन । गोरखाको भिमसेनथापा गाँउपालिकाले आफ्नै लोगो बनाउने भएको छ । आज एक सूचना जारी गर्दै गाँउपालिकाको ऐतिहासिकता झल्कने गरी लागो तयार पार्न प्रस्ताव  गरिएको प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोगोमा गाँउपालिकाको नक्सा समावेश गराई ऐतिहासिक तथा संस्कृतिक झल्कने हुनु पर्नेछ । यस्तै गाँउपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पदा एवं पर्यटकीय स्थलहरु समेटि दिर्घकालिन सोच सहित ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजवाद उन्मुख नमुना गाँउपालिकाको विषयबस्तु स्पष्ट रुपमा झल्किनु पर्नेछ ।

गाँउपालिकाको नामकरण सँग मिल्दो भई अर्थमुलक तथा सन्देश मुलकसहित विवादस्पद र दोहोरो अर्थ नलाग्ने गरी लोगो निमार्ण गर्नुपर्ने प्रशासकिय अधिकृत अधिकारीले बताउनुभयो । सूचना प्रकाशित भएको मितिदेखी ७ दिन भित्रमा लागोको डिजाइनको सफ्ट कपिसहित प्रस्ताव पेश गर्न गाँउपालिकाले अपिल गरेको छ ।

डिजाइनकर्ताहरु बाट आएको मध्य छनोट भएको लागो गाँउपालिकाको पूर्ण स्वामित्वमा रहने उहाँको भनाई छ । उत्कृष्ट लागो बनाउने डिजाइनकर्तालाई नगद रु ४० हजार पुरस्कारले सम्मान गरिने गाँउपालिकाकाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology