Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

द्रब्यशाह क्याम्पसमा स्ववियूले लगायो ताला


1.4K
Shares

द्रब्यशाह क्याम्पसमा स्ववियूले लगायो ताला

गोरखा, ५ फागुन । गोरखाको द्रब्यशाह क्यापसमा स्वातन्त्र विद्यार्थी यूनियन (स्वावियू)ले ताला लगाएको छ । क्यापस प्रमुख माथी भएको दुव्र्यवहार तथा तोडफोडमा संलग्नलाई कारबाही नगरेको भन्दै स्वावियुले शुक्रबार क्यापसमा ताला लगाएको हो ।

आज स्वावियुका सभापति प्रविन बस्नेतले एक विज्ञप्ती जारी गर्दै क्याम्पस तोडफोड र प्रमुखमाथि भएको दुव्र्यवहारमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारवाही नगरेकाले अनिश्चितकालका लागी क्याम्पस बन्द गरिएको बताएका छन् । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई फागुन २ गते अखिल क्रान्तीकारीका द्रब्यशाह बहुमखी क्याम्पसका इकाई अध्यक्ष अनिष अर्यालको नेतृत्वमा केहीब्यक्तिहरुले कार्यकक्षमा दुव्र्यवहार र तोडफोड गरेको स्वबियुले आरोप लगाएको छ ।

सरकारले फागुन १ गते जनयुद्ध दिबसको अवसरमा बिदा दिएको बारे क्याम्पस प्रमुख दुवाडीले आक्रोश ब्यक्त गर्दै सामाजिक सञ्जालमा बिदाको बिरोध गर्दै कथित जनयुद्ध शब्दलाई बैधानिकताको धृष्टता गर्ने वर्तमान सरकार मुर्दावाद भनेर स्टाटस लेख्नु भएको थियो ।

साे लगत्तै अखिल क्रान्तीकारीका इकाईले एक बिज्ञप्ती जारी गर्दै तत्काल अभिब्यक्ति फिर्ता लिन अल्टिमेटम दिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology