गोरखा, ५ फागुन । गाउँमा अशान्ति मच्चाउदै हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १४ देउरालीका २७ वर्षीय विक्रम लामालाई गाउँमा घरेलु हतियार सहित त्रास देखाउदै हिडेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
देउरालीमा हात खुर्पा लिई गाउँका छरछिमेकीलाई धाकधम्की दिएको र अपशब्द बोली गाली गलौज गर्दै त्रास देखाएको आरोपमा लामालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
स्थानीयबासीहरुले लामा क्रियाकलापमा टोलसमाजमा डरत्रास बढेको भन्दै प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका लामा विरुद्ध अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्धा दर्ता गरी थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।