Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


742
Shares

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौँडा, ५ फागुन । मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ रामडाडाँमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको डिब्बा ट्रकले विपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको ज्यान गएको हो ।

ज्यान जानेमा कास्की जिल्ला निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियार रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले बताउनुभयो । ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology