Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

वडाध्यक्षले गरे आफ्नै कर्मचारीमाथि हातपातको प्रयास


1.2K
Shares

वडाध्यक्षले गरे आफ्नै कर्मचारीमाथि हातपातको प्रयास

हेटौंडा,४ फागुन । हेटौंडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।

वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका हुन् । उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै पमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् ।

अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल चलिरहेको छ । यसअघि गएको भदौ ७ गते हेटौंडाको एक विद्यालयको सटर भाडामा लगाउने विषयमा विवाद हुँदा सिग्देल आफ्नै पार्टीको कार्यकर्ताद्वारा कार्यकक्षमै कुटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology