Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


987
Shares

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे, ४ फागुन । काभ्रेको धुलिखेल नगरपालिका( ११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । परिचालक भने घाइते भएका छन् ।

घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

परिचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख ३०४३ नम्बरको मिनि ट्रक बिहीबार बिहान ५ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology