गोरखा, ४ फागुन । अराजकता सृर्जना गर्ने कुरालाई प्रसाशनले कुनै सम्झैता नगर्ने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनु भएको छ । भर्खर मात्रै जिल्ला प्रशासनको कार्य सम्हाल्नु भएका भुसालले कुनै पनि अराजकता सृजना गर्नेसँग सम्झैता नगर्ने बताउनुभयो ।
उहाँले कसैले पनि अराजकता सृजना गर्न नपाउने बताउनु भएका छन् । आज पत्रकार सम्मेलन गर्नेुहँदै प्रजिअ भुसालले प्रधानमन्त्री, उप—प्रधानमन्त्रीसहित १२ जना संसाद पाएको गोरखाले यस पटक बिकास निमार्णमा लाभ लिनु पर्ने बेला आएको धारण व्यक्त गर्नुभयो । विकास निमार्ण, सुशासन, शान्ति सुरक्षा र सामाजिक विकृतिको विरुद्धमा जिम्मेवार भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
प्रजिअ भुसालले प्रत्यक तिन÷तिन महिनामा प्रशासनले गरेका कामहरुको समिक्षा गर्ने जानकारी दिनुभयो । फागुन महिना भित्रै ठेकेदार, सरकारी कार्यलयका हाकिम, राजनितक सरोकारवालाहरुसँग छलफल गरी पुराना आयोजना सक्ने तथा नयाँ आयोजनाहरुलाई जोड दिने बताउनुभयो । साथै प्रशासनबाट हुने सेवा प्रवाहलाई पनि थप सहज बनाउने बताउनुभयो । सार्वजनिक सेवालाई केन्द्रबिन्दुमा राखेर नयाँ ढंगबाट काम गर्नु पर्ने प्रजिअ भुसालको भनाई छ ।
जिल्लामा औपचारिक तथा अनौपचारिक सबै कामहरु समयमा सुरु भएर समयमा नै सम्पन्न नहुने गरेको भन्नु हुदैं निर्धारित समयमा काम गर्नका लागी गोरखा समयको सुरुवत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानालगायत जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।