गोरखा, ३ फागुन । गोरखामा नाबालिका जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेको छ ।
अजिरकोट गाँउपालिका वडा नं. ४ साउनेपानी काँडाझयालस्थित खरबारीका ३४ वर्षीय बिश्वास नेपालीलाई प्रहरी मंगलबार पक्राउ गरेको हो । स्थानीय १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
उनलाई पक्राउ गरी बुधबार जाहेरी दरखास्त लिई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।