Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते


1.2K
Shares

पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

पोखरा, ३ फागुन। मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका—३ मा कालीगण्डकीमा खसेको छ । खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । बसमा सवार खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । बस करिब ४५ मिटर तल खसेको हो ।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले बताउनुभयो ।

दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology