काठमाडौं, २ फागुन । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नामिबियालाई नेपालले २ विकेटले पराजित गरेको छ। नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ४७.४ ओभरमा पूरा गरेको हो।
जितसँगै नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्न सफल भयो। यसअघि नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पार गरेको थियो।
नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेल्नुभयो। ११२ बल खेल्नु भएका उहाँले ४ छक्का र १० चौकासहित ११५ रन बनाउनुभयो।
कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुनु भएका थिए। करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहनुभयो । सोमपाल कामीले विजयी चौका प्रहार गर्नुभयो।
यस्तै कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाउनुभयो। उहाँले ७२ रनको जोड्ने क्रममा ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गर्नुभयो।
नेपालका ओपनर आसिफ शेख शून्य रनमा आउट गर्दा ज्ञानेन्द्र मल्लले २५ रन योगदान गर्नुृभयो। दीपेन्द्रसिंह ऐरी भने ७ रनमै आउट हुनु भयो। सन्दीप जोराले २४ बलमा २८ रन जोडे। करण केसीले नटआउट २० रन बनाउनुभयो।
बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिनुभयो। उहाँले १० ओभरमा ४८ रन दिनुभयो। निकोल इटनले पनि ३ विकेट हात पार्नुभयो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट हुनुभयो।
नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गर्नुभयो। उहाँले १३३ रन जोड्नुभयो। १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गर्नुृभयो।
ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट हुनुभयो।
कप्तान गेरार्ड इरासमसले ५६ रनको योगदान गर्नुभयो। उहाँले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गर्नुभयो।
यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड हुनु भयो। जेन ग्रिन ३४ रन जोडेर आउट हुनुभयो।
बलिङमा नेपालका करण केसीले ५ विकेट लिनुभयो। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिदा सोमपाल कामी र कुशल मल्लले १—१ विकेट लिनुभयो।
लिग—२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।
सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।
सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।
लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३१ खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।
सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २५ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।