Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु


1.9K
Shares

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं, २ फागुन। वीरगञ्जमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । वीरगञ्ज महानगरापालिका–२० अपौनीका नागेन्द्र ठाकुरको मृत्यु भएको हो ।

सोमबार राति करिब साढे ७ बजेतिर वीरगञ्ज—२० स्थित अपौनी चोकमा उहाँलाई ट्रकले ठक्कर दिएको थियो । बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनीस्थित घर फर्कदै थिए ।

अपौनी चोकबाट साइकललाई दायाँ मोड्दै गर्दा ठाकुरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । ठाकुर सडक किनारमा रहेको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भिर घाइते भएका थिए ।

प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले उहाँलाई उद्दार गरेर नारायणी अस्पताल पुर्‍याएको थियो । चिकित्सक टोलीले ईसिजी लगायतको चेकजाँच पछि ठाकुरको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

ट्रकसहित चालक मकवानपुर थाहा नगरपालिका—४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

स्थानीयले राति अबेरसम्म ड्राइपोर्ट–परवानीपुर सडक खण्ड अवरुद्ध गरेका थिए । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology