Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दाईले दिए विवाहमा बहिनीलाई बीमा पोलिसी उपहार


3.9K
Shares

दाईले दिए विवाहमा बहिनीलाई बीमा पोलिसी उपहार

गोरखा, २ फागुन । गोरखाका एक युवाले बहिनीको विवाहमा बीमा पोलिसी उपहार दिएका छन् ।गोरखा भिमसेनथापा गाउँपालिका वडा नं.६,अश्राङमका समिर पाण्डेले बहिनी सबिना पाण्डेको विवाहमा उपहार स्वरुप खर्चलाई कटौती गरेर जीवन बीमा पोलिसी दिनु भएको हो ।

भविष्यमा हुन सक्ने जोखिमहरूलाई मध्य नजर गर्दै भौतिक वस्तु भन्दाँ जीवन बीमा पोलिसी उपहार स्वरूप दिएको समिर पाण्डेले जानकारी दिनुभयो । ‘भविष्यमा हुन सक्ने जोखिमहरूको बहन हुनुको साथै बचतको समेत बानी हुन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘ त्यसैले अन्य भौतिक वस्तु भन्दाँ जीवन बीमा पोलिसी उपहार स्वरूप दिएको छु ।’

समिरले बहिनीलाई रिलायबल नेपाल लाईफको रिलायबल सुलभ जीवन बीमा पोलिसी खरिद गरि उपहार दिनु भएका हुन। उपहार स्वरुप खरिद गरिएको बीमा पोलिसी आबुखैरेनी शाखाका प्रमुख सुनिल श्रेष्ठले हस्तान्तरण गर्नु भएका हुन् । मानव जीवनको लागि बीमा अपरिहार्य रहेकोले बीमा सम्बन्धि बुझ्न र बुझाउन अति आवश्यक रहेको शाखा प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology