Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाकी एक ब्लड क्यान्सर पिडित महिलाको उपचारमा सहयोग गर्न अपिल


1.3K
Shares

गोरखाकी एक ब्लड क्यान्सर पिडित महिलाको उपचारमा सहयोग गर्न अपिल

गोरखा, २ फागुन । गोरखा सदरमुकामकी एक ब्लड क्यान्सर पिडित महिलको उपचारमा सहयोग गर्न आग्रह गरेको छ । आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्य भएकाले सहयोगको लागी अपिल गरेको हो ।

गोरखा नगरपालिका–६ पोखरीथोक घर भएकी रमिला लामिछानेको हाल काठमाडौंकोको जाउलाखेलमा रहेको ब्लड हस्पिटलमा उपचार भईरहेको छ । रमिला बचाउ अभियान चलाउदै आएको दारी ग्याङगले उहाँको उपचारको लागी सहयोग गर्न आग्ह गरेको हो ।

दारी ग्याङ गोरखाका अध्यक्ष सुमन कार्कीका अनुसार रमिलालाई बचाउ आजैबाट सहयोग माग्न सुरु गरिएको हो । आज मात्रै २ जनाबाट सहयोग स्वरुप रु ३ हजार ५०० नगद संकलन भएको उहाँले जानकमारी दिनुभयो ।

२९ बर्षिया रमिलाको उपचारको लागि परिवारले खर्च गर्न सक्ने अवस्था नभएकोले सहयोगीहरु संग सहयोग मागिएको अध्यक्ष कार्कीको भनाई छ । पिडित महिलाको ४ बर्षका छोरा समेत रहेका छन् ।

प्राप्त सहयोग सामाजिक सञ्जाल मार्फत सबैलाई सार्वजनिक गरिने भन्दै अध्यक्ष कार्कीले विदेशमा रहेका साथीहरुबाट पनि सहयोगको बचन आएकोले केही दिनभित्रै सहयोग रकम रमिलाको परिवारलाई हस्तान्तरण गर्ने बताउनुभयो।

रमिलाको उपचारको लागि सहयोग गर्न ईच्छा भएका ब्यत्तिहरुले सुमन कार्कीको ईसेवा नम्बर ९८५६०४०२०४ वा प्रभु बैंकको गोरखा शाखामा रहेको खाता नम्बर ०८२००६८३९७६०००११ मा जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology