Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


1.2K
Shares

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

काठमाडौं, २ फागुन । श्रीमानको कुटाइबाट दैलेखमा श्रीमतीको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका—८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

घरमा दुईजना श्रीमान श्रमिती मात्रै बस्दै आएको खुलेको छ । स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए ।

प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology