Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित


966
Shares

यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित

काठमाडौं, २ फागुन । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।

आज सिंहदरबारमा भएको वार्तामा उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्ने सहमति भएको हो।

यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्।

वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाउनु भएका थिए।

‘सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौं। तत्काल तपाईंहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौं,’ मन्त्री श्रेष्ठले भन्नुभयो।

उहाँले हड्ताल तत्काल फिर्ता लिइदिन आग्रह गर्नु भएका थिए। छलफलमा यातायात मजदुरहरुले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताएका थिए।

आफूहरुले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक—पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थियो।

नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले हड्ताल स्थगित गर्ने निर्णय भएको बताएउनुभयो।

यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चलेका थिएनन्।

सोमबार यातायात मजदुरहरूले प्रहरीका दुई भ्यानमा आगजनीसमेत गरेका थिए। यी घटनामा संलग्नमाथि भने कारबाही गरिने मन्त्री श्रेष्ठले बताउनु भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology